५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
नागरिक उन्मुक्ति पार्टीको बिबाद थप बढ्दै : सुदूरपश्चिम प्रदेश सभा सांसद इन्दिरा गिरी पदमुक्त - Aksha Rekha
Banner Newsराजनीति

नागरिक उन्मुक्ति पार्टीको बिबाद थप बढ्दै : सुदूरपश्चिम प्रदेश सभा सांसद इन्दिरा गिरी पदमुक्त

२६ चैत्र | धनगढी|   नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्।

उनलाई सांसद पदबाट फिर्ता बोलाउने नाउपाले निर्णय गरेको थियो। सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र चैत २१ गते नाउपाले प्रदेश सभालाई जानकारी गराएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ अनुसार सूचना प्रकाशित गर्न सभामुखले निर्देशन दिएअनुसार प्रदेश सभा सचिव देवबहादुर बोगटीले सोमबार सूचना प्रकाशित गरेका छन्।

गिरी नाउपा संरक्षक रेशम चौधरीनिकट थिइन्। उनलाई संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेकी थिइन्।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker