५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बढैयातालका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो दलेर दुर्व्यवहार | - Aksha Rekha
Banner Newsसुरक्षा/अपराधस्थानीय तह

बढैयातालका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो दलेर दुर्व्यवहार |

बर्दिया, फागुन १६  : बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलेर दुर्व्यवहार गरेका छन ।
भ्रष्टाचार गरेको भन्दैं बुधबार बिहान  मोटरसाइकमा कार्यालय आउने क्रममा भोलागौढी नजिक केही युवाले मोसो दलेको  प्रहरी कार्यालय जानेको छ |

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले  कालोमोसो लगाएको को ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ ।

 

कर्णाली प्रदेश ६ नम्बर प्रदेश समितिले ढकाल माथि भ्रष्टाचार, अनियमिता, आफु अनुकुल अडिटर विद्यालय पठाउने र कमिशन लिने गरेको तथा प्रधानाध्यापकहरुबाट दबाबपुर्ण ढंगले भत्ता उठाउने लगायत गलत कार्य गरेको भन्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

अखिल (क्रान्तिकारी)  ६ न. प्रदेश समितिको नामबाट  ‘बढैयाताल गाउँ पालिका  शिक्षा शाखा प्रमुख, बिष्णु प्रसाद ढकाललाई जन कारबहि किन ? भन्ने ८ बुंदे पर्चा भेटिएको  छ |

दुर्व्यवहार गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न खोजी कार्य तीब्र पारेको छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker