५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बैजनाथ गाउँपालिकामा राष्ट्रिय दादुरा रुबेला खोप अभियान संचालन - Aksha Rekha
Banner Newsस्वास्थ्य

बैजनाथ गाउँपालिकामा राष्ट्रिय दादुरा रुबेला खोप अभियान संचालन

बाँके, फागुन १४ |  बाँकेको बैजनाथ गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० आईतवारदेखि संचालन भएको छ ।  बैजनाथ गाउँपालिकामा आयोजित स्थानिय तह स्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम संचालन गरि आईतवारदेखि २३ गतेसम्म नियमित रूपमा राष्ट्रिय दादुरा/ रुबेला खोप अभियान अन्तर्गत संचालन हुनेछ । दादुरा रुबेला खोप अभियान अभिमुखिकरण गोष्ठी कार्यक्रममा बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा अहेब दिवस अधिकारीले नेपालमा दादुरा रुबेलाको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा दादुरा रुबेला खोप अभियान ०७९÷०८० मा बाँकेमा ३२९ जना विरामी देखा परेको अहेब अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रमलाई सफल पार्न खोज र खोप अभियान संचालनमा समेत जोड दिन उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । खोप सेवाको पहुँच नभएको क्षेत्र, बर्ग र समुदायको पहिचान गरि अभियानलाई सफल बनाउन आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार यादवले बताउनुभयो ।

दादुरा रुबेला सरुवा रोग भएको हुनाले यो अभियानलाई स्वास्थ्यकर्मीले गम्भीरताका साथ लिन जरुरी रहेको प्रमुख प्रशासकिय अधिकृत यादवले बताउनुभयो । अभियानको क्रममा स्वास्थ्यकर्मीले बालवालिकाहरु प्रति गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउदै उहाँले भन्नुभयो स्वास्थ्यकर्मीले बोलेको र प्रयोग गरेको राम्रो व्यवहारले यो अभियानले थप सार्थकता पाउने कुरामा उहाँले जोड दिनुभयो । अभियानलाई सफल पार्न स्वास्थकर्मी मार्फत घरघर, टोल टोलमा अभियानको कार्ड पठाउने कार्य भैरहेको बैजनाथ स्वास्थ्य शाखाले जनाएको छ । बैजनाथ गाउँपालिकामा दादुरा रुबेला खोप अभियान ९ महिनादेखि १५ बर्ष मुनिका बालवालिका सबैलाई खोप लगाउन संस्थागत विद्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा वस्ती टोलमा खोप केन्द्र निर्धारण गरि अभियान संचालन गर्दै आएको बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमुख बिरेन्द्र शाही ले जनाकारी दिनुभयो छ

 

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker