५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
त्रिवि उपकुलपति नियुक्ती प्रकरण: माछो माछो भ्यागुतो - Aksha Rekha
Banner Newsशिक्षा

त्रिवि उपकुलपति नियुक्ती प्रकरण: माछो माछो भ्यागुतो

बधाई पाउने चित्रबहादुर बुढाथोकी: नियुक्ति पाउने केशरजंग बराल

काठमाडौं-१० फागुन |  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ती प्रकरणमा माछो माछो भ्यागुतो भएको छ ।
सिफारिस समितिको पहिलो नम्बरमा रहेका आधारमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा उपकुलपति नियुक्त भए भनि बधाई समेत पाएका प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई पछि पार्दै आज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

प्रा. डा. केशरजंग बराल

नाम सिफारिस गर्न गठित सिफारिस समितिले फागुन ६ गते तीन जनाको नाम सिफरिस गरेको मध्ये प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक भागवण्डाको अन्त्य गर्ने, मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्ने आफ्नै प्रतिवद्धता विपरित आज मेरिट लिस्टमा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपतिमा नियुक्त गरेका छन् ।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा.केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा सर्टलिस्ट मा १४ जना परेका थिए भने तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आइतबार सिफारिस गरेको थियो ।

सिफारिस समितिको एक नम्बरमा परेका प्रा.डा चित्रबहादुर बुढाथोकीको १०० मा ७८ नम्बर, दोस्रो नम्बरमा सिफारिसमा परेका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालको ७६ र तेस्रो नम्बरमा सिफारिसमा परेका प्रा.डा टंकनाथ धमलाले ७५ नम्बर ल्याएको समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा प्रा.डा. चित्र बहादुर बढाथोकी नै उपकुलपतिमा नियुक्त भए भनेर विभिन्न मिडियाहरुले समाचार लेखे भने सामाजिक सञ्जाल मार्फत बुढाथोकीलाई बधाई दिनेको ओइरो नै लागेको थियो ।

२०८० साल पुष २ गते त्रिभुवन विश्वविद्यालयको दिक्षन्त समारोहमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले वयक्त गरेका ‘‘म आजको यो दिक्षान्त समारोहको अवसरमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक भागवण्डाको अन्त्य गर्ने, मेरिटका आधारमा उपकुलपति लगायतका पदाधिकारी नियुक्त गर्ने छु ’’ भन्ने आफ्नै प्रतिवद्धता आफैले छुटो साबित गरेका छन् ।पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर दोस्रो नम्बरका बराललाई उपकुलपति नियुक्त गरेकामा अहिले सामाजिक सञ्जालमा सरकार तथा कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना पनि भईरहेको छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker