५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
लुम्बिनी प्रदेशसभाको अधिवेशन फागुन १८ गतेदेखि सुरु हुने - Aksha Rekha
Banner Newsलुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको अधिवेशन फागुन १८ गतेदेखि सुरु हुने

फाल्गुन ९,बाँके ।लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनका पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रदेशसचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरूका लागि जानकारीमूलक सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो । उहाँले अधिवेशन आह्वानसम्बन्धी सूचना प्रकाशित गरेर सदस्यहरूलाई जानकारी गराएको बताउनुभयो ।

 

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker