५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
प्रतिभा खोज्दै खजुरा प्रज्ञा प्रतिष्ठान - Aksha Rekha
Banner Newsमनोरञ्जनसाहित्य/ सिर्जना

प्रतिभा खोज्दै खजुरा प्रज्ञा प्रतिष्ठान

बाँके, १२ माघ । बाँकेको खजुरामा रहेको खजुरा प्रज्ञा प्रतिष्ठानले खजुरामा प्रतिभाको खोजी कार्यक्रम गर्ने भएको छ ।

यहि मिति २०८० साल माघको १३ देखि १५ गतेसम्म ३ दिन म र मेरो खजुरा नारा दिएर गायन, नृत्य, चित्रकला, निबन्ध लेखन, कविता, उखान र वकतृत्व गरी ७ वटा विधामा प्रतियोगिता गराई खजुरा प्रज्ञा प्रतिष्ठानले खजुरा प्रतिभा–२०८० घोषणा गर्न लागेको छ ।

स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुको खोजी गर्दै विभिन्न सृजना मार्फत खजुराको पहिचान गराउनु र प्रतिभाहरुको विकास गर्नुनै कार्यक्रमको मुख्य उद्देश्य रहेको खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. ईन्द्र बहादुर भण्डारीले बताउनु भएको छ ।

माघको १३ देखि १५ गतेसम्म खजुराको ज्ञानोदय बिद्यालय र  ज्ञानोदय  बहुमुखी क्याम्पसमा प्रतियोगिता गराई माघको १५ गते मनकामना युवा क्लबमा बृहत घोषणा सभा  गरि  प्रतिभा घोषणा गरिने आयोजकले बताएको छ । उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाहरुलाई नगद पुरस्कार सहित सम्मानको व्यवस्था रहेको पनि आयोजकले जना एको छ ।

खजुरा गाउँपालिका अन्तर्गत रहेको खजुरा प्रज्ञा प्रतिष्ठान २०७९ सालमा गठन भएको थियो । उक्त प्रतिष्ठान स्थापनाकाल देखिनै भाषा, साहित्य, कला संस्कृति लगायतका क्षेत्रको संरक्षण र उत्थानमा क्रियाशिल रहँदै आएको छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker