५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
प्रथम बैजनाथ महाेत्वकाे तयारी अन्तिम चरणमा - Aksha Rekha
Banner Newsपर्यटन

प्रथम बैजनाथ महाेत्वकाे तयारी अन्तिम चरणमा

प्रचार प्रसार तिब्र गतिमा

८ बाँके  | बैजनाथ- ५  न्यु सिटीमा हुन गइरहेकाे प्रथम बैजनाथ महाेत्वकाे तयारी अन्तिम चरणमा रहेकाे छ ।

माघ १० गतेदेखि सुरू हुने महाेत्सवमा  तीव्र गतिमा काम  भईरहेकाे छ  । प्रचार प्रसार पनि व्यापक  तरिकाले भईरहेको छ |

प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवकाे सञ्चालन पुर्वका तयारी भइरहेकाे आयाेजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले जनाएकाे छ ।

महोत्सवको अहिले  पत्र पत्रिका, अनलाईन संचार मध्यम, फेसबुकका विभिन्न ग्रुप तथा पेज,  विभिन्न  ठाउहरुमा पोस्टर पम्पिलेट तथा मईकिंग गरि  धेरै  माध्यमबाट व्यापक  प्रचार प्रसार  गरिएको  प्रचार प्रसार समितिका संयाेजक सुमन विश्वकर्माले  बताएका  छन् | साथै  महोत्सव स्थलमा  अहिले स्टल निर्माण, मुख्य गेट निर्णाण, स्टेज  निर्माण  सहित अन्य विभिन्न संरचना निर्माणकाे काम अन्तिम तिर  रहेकाे  जानकारी गराएका छन।

दुई लाख भन्दा बढी  दर्शक भित्र्याउने लक्ष्य  रहेको  महाेत्सवमा मुख्य आकर्षणका रूपमा सेल्फी पोइन्ट, बाघ, हात्ती,  बुद्वकाे मूर्ति, थारू गाउँ रहने उनले बताएका छन् ।  `महाेत्सवमा ११ वटा मुख्य आकर्षणहरु रहेका छन् ।  । स्थानीय पर्यटकीय स्थलकाे प्रवर्द्धन गरिनेछ,´उनले भने ।

माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महाेत्सवको  मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बैजनाथ समिति रहेको छ भने महोत्सवको  व्यवस्थापनको जिम्मा  जय माता दी एमुज्मेंट एण्ड ईभेंट म्यानेजमेन्ट प्रा. ली. बुटवल ले लिएको छ |

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker