५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगितामा प्रभात मा.वि. प्रथम - Aksha Rekha
Banner Newsखेलकुदशिक्षा

बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगितामा प्रभात मा.वि. प्रथम

आधारभूत तह तर्फ हिमालय विद्या निकेतन प्रथम

बाँके, ६ पौष । बैजनाथ गाउँपालिका, बाँकेमा दोस्रो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८० मा श्री प्रभात मा.वि. जिगाउँ ले प्रथम स्थान हाँसिल गरेको छ ।


प्रतियोगितामा माध्यमिक तह तर्फ प्रभात मा.वि. जि गाउँ १५ स्वर्ण पदक सहित प्रथम, सुर्योदय मा.वि.९ स्वर्ण सहित दोस्रो तथा हिमालय विद्या निकेतन ६ स्वर्ण सहित तेस्रो हुन सफल भएको छ ।

त्यसैगरी आधारभूत तह तर्फ २ स्वर्ण सहित जम्म ४ पदकका साथ हिमालय विद्या निकेतन प्रथम, ने.रा.मा.वि. २ स्वर्ण सहित दोस्रो र ने.रा.मा.वि. ओरीलालपुर १ स्वर्ण सहित तेस्रो हुन सफल भएको छ ।

यही माघको ३ गतेदेखि जारी खेलकुद प्रतियोगिता आज ६ गते सम्पन्न भएकोउक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डि र मार्सल आर्टतर्फ कराते र ट्याक्वान्दो बिधामा खेल खेलाईएको र  प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी जम्मा ४२ वटा विद्यालयहरु  बाट करिब  १ हजार ५ सय विद्यार्थीहरु सभागीभएको  फिल्ड मार्शल दुर्गा बहादुर वोली (श्याम )  ले जानकारी दिए |

प्रतियोगिता  बैजनाथ गाउँपालिका ६ स्थित  लालपुर, खेल मैदानमा संचालन भएको थियो |

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker