५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
 माघे सक्रान्तीको अवसरमा बढैयातालमा बिशेष माघि मिलन कार्यक्रम हुँदै - Aksha Rekha
Banner Newsपर्यटन

 माघे सक्रान्तीको अवसरमा बढैयातालमा बिशेष माघि मिलन कार्यक्रम हुँदै

२९ पौष | बर्दियाको पर्यटकिय स्थल बढैयातालमा  माघे सक्रान्तीको अवसरमा बिशेष माघि मिलन कार्यक्रम हुने भएको छ ।

थारु समुदायको महान चाड माघीको अवसरमा माघ १ गते माघी मिलन कार्यक्रम आयोजना हुन लागेको हो । बर्दिया जिल्ला कै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित बढैयातालमा  बिशेष मेला लाग्दै आएको छ ।  बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं. ५ मा बढैयाताल तथा सिमसार क्षेत्र अवस्थित रहेको छ |

माघी मिलन कार्यक्रममा स्थानिय थारु समुदायको झाकी, थारु सांस्कृतीक कार्यक्रम, थारु परिकार  मेलामा  रहने  आयोजक समितीका संयोजक राकेश थारुले बताएका छन् ।

कार्यक्रममा स्थानिय तथा राष्टिय कलाकारको सांस्कृतीक प्रस्तुती समेत रहने छ । बढैयाताल गाँउपालिका वडा नं. ५ को आयोजना तथा  बढैयाताल गाँउपालिकाले   मेला संरक्षकको भुमिका निभाएको छ । मेलामा सहभागीहरु लाई निःशुल्क प्रवेश  तथा डुगां शयर  गर्नका लागि  ५० प्रतिशत छुटको ब्यवस्था गरिएको आयोजकले जनाएको   छ ।

करिव १०८ बिघा क्षेत्रफलमा  फैलिएको यस प्राकृतिक ताल तथा सिमसार क्षेत्रलाई स्थानिय  समुदायले संरक्षण गर्दै आएका छन् । तालमा बिभिन्न देशबाट मौसमी रुपमा आएका आगन्तुक चराहरु अवलोकन समेत गर्न सकिन्छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker