५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बाँसगढी महोत्सवको सबै तयारी पुरा - Aksha Rekha
Banner Newsमनोरञ्जन

बाँसगढी महोत्सवको सबै तयारी पुरा

पौष २९ गते आईतबार उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले मेलाको उदघाटन गर्ने

पौष २८- बर्दिया |   कृषि, पर्यटन, व्यापार, तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामि सबैको अभियान भन्ने मुल नाराका साथ बर्दियाको बाँसगढीमा आइतबार देखि वाईवाई छैठौ बासगढी औद्योगिक , कृषि , पर्यटन , व्यापार मेला तथा बर्दिया माघ महोत्सव सुरु हुने भएको छ ।

पौष २९ गते आईतबा देखी माघ ९ सम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको र उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले मेलाको उदघाटन गर्ने आयोजकले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै मुख्य आयोजक बाँसगढी उद्योग वाणिज्य संघले महोत्सव सञ्चालनका लागि आवश्यक सबै तयारी पुरा भएको र आईतबार देखी भव्य रुपमा मेला सञ्चालन हुने जानकारी दिएको छ ।

महोत्सवमा थारु जातिको मौलिक संस्कृति झल्कने थारु गाँउ, थारु साँस्कृतिक नृत्य प्रतियोगिता, नवप्रतिभावान कलाकार उत्पादनका लागि बर्दिया डान्स आईडल, स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरु मुख्य आकर्षणको रुपमा रहने महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष बद्रीनाथ बरालले बताउनु भयो । मेलामा १२० स्टल निर्माण गरी स्थानिय स्तरमा उत्पादित विभिन्न वस्तुहरु प्रदर्शन गर्ने व्यवस्था मिलाउनुका साथै यस क्षेत्रका विभिन्न पर्यटकिय स्थलहरुको प्रचारसार गरिने जानकारी गराईएको छ ।

२०७१ साल श्रावण २८ गते एउटा झोला बाट सञ्चालन भएको संस्थाले विभिन्न मेला महोत्सवको आयोजना गर्दै छैठौं मेला सञ्चालन गर्न सफल भएको अध्यक्ष बरालले बताउनु भयो । मेलाबाट संकलित रकमले बाँसगढी उद्योग बाणिज्य संघको दोश्रो तलाको अधुरो भवन सम्पन्न गरि त्यसैमा योग कक्ष सञ्चालन गरिने र मेलाको आयव्यय चैत्र ०३ गते सुनाउने निर्णय भएको समेत महोत्सव मुल समिति संयोजक बरालले पत्रकारहरुलाई जानकारी दिनुभयोे । मेला प्रवेशको लागि १ सय रुपैया टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि ७० रुपैया र अपांग र ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई मेलामा निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

 

मेलाको झण्डै १ लाख बढीले अवलोकन गर्ने छन भने झण्डै ८० लाख बढी आम्दानी गर्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा बाँसगढी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामसिंह थारु, संस्थापक अध्यक्ष पुष्पराज बराल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतले आआफ्नो कुराहरु राख्नु भएको थियो भने बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुले बिभिन्न प्रश्न गरेका थिए । बाँसगढी उद्योग बाणिज्य संघका महासचिव बिकास गौतमलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने सन्देस सहित बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना र वाईवाई सिजि फुडको मुख्य प्रायोजनमा महोत्सव सञ्चालन हुने छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker