५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
नेपालमा कोभिडको नयाँ भेरियन्टबाट ७ जना संक्रमित भएको पुष्टी | - Aksha Rekha
Banner Newsताजा समाचारस्वास्थ्य

नेपालमा कोभिडको नयाँ भेरियन्टबाट ७ जना संक्रमित भएको पुष्टी |

पौष २३ ।  नेपालमा कोभिड–१९ संक्रमणको ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ (JN-1) बाट ७ जना व्यक्तिहरु संक्रमित भएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आज जारी गरिएको विज्ञप्तीमा देशका विभिन्न भागहरुबाट संकलित १६ वटा पिसिआर पोजेटिभ नमुनाहरुको २२ गते परीक्षण गर्दा ७ जना व्यक्तिहरुमा ओमिक्रोनको सब भेरियन्ट जेएन.–१ नेपालमा पहिलो पटक भेटिएको जनाएको छ ।

कोभिड १९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरु मार्फत स्क्रीनिंग र निगरानी निरन्तर गर्नुहुन साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध रहन स्वस्थ्य मन्त्रालयले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

संक्रमणको फैलावट रोकथाम गर्नका लागि जन स्वास्थयको मापदण्डहरु (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन) अनिवार्यरुपमा पालन गर्न गराउन स्वास्थ्य मन्त्रालयले सबैमा विज्ञप्ती मार्फत अपिल समेत गरेको छ ।

हेर्नुहोस्  बिज्ञप्ति :

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker