५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
एक दिने माघी महाेत्सब कार्यक्रम सम्पन्न - Aksha Rekha
Banner Newsमनोरञ्जन

एक दिने माघी महाेत्सब कार्यक्रम सम्पन्न

पौष २३ |  बाँसगढी न.पा.वडा नं.७ काे कार्यालय ले  आयाेजना गरेकाे एक दिने माघी महाेत्सब कार्यक्रम सफलताका साथ भब्य रुपमा सम्पन्न भएकाे छ ।

थारु समुदायले महान चाडका रुपमा मनाईने माघि पर्ब नजिकिए संगै  बर्दियामा रौनक बढ्न थालेको छ ।  माघि अवसरमा माघ महोत्सव तथा विभिन्न कार्यक्रमहरु  सञ्चालन हुन थालेका छन् । माघ पर्वको अवसरमा  डेउढाकलामा माघ महोत्सव २०८० भव्य रुपमा मनाईएको छ । करिब ५ हजार बढी दर्शकहरुको उपस्थितिमा माघ महोत्सव भब्य रुपमा मनाईएको हो ।

माघ महोत्सवमा वडा भित्रका १५ वटा समूह सहभागी भएका थिए ।महोत्सवमा विभिन्न जातिका विभिन्न नृत्य एवं गीतहरू प्रस्तुत गरिएको थियो । साथै थारूहरूले परम्परागत पोशाक, गरगहनासहितको मौलिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी प्रतिसमुहलाई १।१ हजार रुपैया प्रदान गरिएको बाँसगढी वाड नं ७ का वडाअध्यक्ष वलिराम चौधरीले जानकारी दिनभयो । कार्यक्रममा बाँसगढी वाड नं. ७ का अध्यक्ष बलिराम चौधरीले वडा कार्यालयमार्फत माघीको अवसर पारेर माघ महोत्सवलाई भव्य रूपमा मनाउन शुभकामना आदान प्रदानसँगै विभिन्न समुदायको मौलिक नृत्य तथा झाँकी प्रर्दशन गरिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले संस्कृति संरक्षणमा सबैको सहकार्य र अपनत्व हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कला, संस्कृति, रितिरिवाज समाजमा अमूल्य निधि भएकाले पुस्तान्तरणमा विशेष ध्यान दिएर नयाँ पुस्तालाई सकारात्मक विषय अंगीकार गराउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker