५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
भारतीय विदेशमन्त्री नेपालमा - Aksha Rekha
Banner Newsताजा समाचार

भारतीय विदेशमन्त्री नेपालमा

राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता

पौष १९ – काठमाडौँ,  भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौंमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा. जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।

सो अवसरमा विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो ।

विदेशमन्त्रीको भ्रमण कार्यक्रमको तालिकाअनुसार परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा. जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा. जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker