५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
कपास गोदामको आगलागीको कारण विद्युत सर्ट - Aksha Rekha
Banner Newsताजा समाचार

कपास गोदामको आगलागीको कारण विद्युत सर्ट

बाँसगढी :   बर्दियाको बाँसगढी नगरपालिका – ९ माछागढको मोहनपुर अवस्थित राप्ती अर्डर एण्ड सप्लायर्सको कपास गोदाममा आगलागी भएको छ । विद्युत तार सर्ट भइ बुधबार बिहान ५/३० बजेको समयमा आगलागी भएको हो ।

आगलागीबाट अन्दाजी४० लाख ४० हजार रुपैयाँ बराबरको सामान जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

आगलागीबाट कुनै मानवीय क्षति हुन भने पाएन ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय र दमकलको सहयोगमा करिब ४ घण्टा पछि आगो नियन्त्रण मा आएको थियो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले  जनाएको छ।

 

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker