५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
‘राम साइली’ सार्वजनिक - Aksha Rekha
मनोरञ्जन

‘राम साइली’ सार्वजनिक

चारजना स्वास्थ्यकर्मीकोअभिनय

चर्चित गायक टंक तिमिल्सिना र गायिका मेलिना राईको आवाजमा रहेको उक्त गीतका शब्द मणि रत्न र प्रभा बर्तौलाले लेख्नु भएको  हो । संगीत गायक तिमिल्सिनाले भर्नु भएको छ ।

म्युजिक भिडियोमा दिपक ढकाल, दिनेश नेपाली , मौनता अर्याल र लक्ष्मि विक फिचर्ड छन् । उहाँहरु चारै जना स्वास्थ्यकर्मी हुनुहुन्छ । दिपक प्रयोगशालाकर्मी हुनुहुन्छ  दिनेश नेपालगन्ज स्थित भेरी अस्पतालका फार्मेसी सुपरभाइजर हुनुहुन्छ । यस्तै भिडियोमा फिचर्ड मौनता र लक्ष्मि नसिङ पेशामा आबद्ध रहनुभएको छ ।

मौसम हिमालीको निर्देशनमा बनेको भिडियोलाई पवन सुसलिङ्ले छायाँकन गर्नुभएको हो । आफु अभिनित पहिलो गीत ‘राम साइली ’ सार्वजनिक भएपछि मोडल दिनेश नेपालीले म्युजिक भिडियोलाई माया गरिदिन र प्रतिक्रिया दिन सबैलाई आग्रह गर्नु भएको छ ।

पेशागत हिसाबले स्वास्थ्यकर्मी भएपनि अभिनयको पाटोलाई पनि सँगै लैजाने भिडियोमा फिचर्ड कलाकारहरुको भनाइ छ। मोडल ढकालले भने यसअघि पनि आधा दर्जन बढी म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिसक्नु भएको छ । बिहीबार सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शक ,स्रोताले मन पराइरहेका छन् ।

 

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker