५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह - Aksha Rekha
ताजा समाचारदेशमुख्य समाचार

विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ ।

अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने  र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker