५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वेन्टी सिरिजमा भारतले अस्ट्रेलियालाई हरायो - Aksha Rekha
खेलकुद

अस्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वेन्टी सिरिजमा भारतले अस्ट्रेलियालाई हरायो

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ ।

नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए ।

९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतका लागि रोहित शर्माले नटआउट ४६ रन जोडे। यो सँगै भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी–ट्वेन्टी सिरिजमा १–१ को बराबरी भएको छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker