५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
काठमाडौँ उपत्यका प्रहरीद्वारा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू - Aksha Rekha
ताजा समाचारमुख्य समाचारसुरक्षा/अपराध

काठमाडौँ उपत्यका प्रहरीद्वारा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ । दशैँ-तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

उनका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाण्डौका प्रवक्ता मैनालीले बताए । प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ ।

घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलाे छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था, भिडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउने तयारी गरेको प्रहरीले बताएको छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker