५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा - Aksha Rekha
खेलकुद

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।

१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा ४१ औं मिनेटमा मेम्फिस डिपेले गोल गरे ।

दोस्रो हाफमा पनि राम्रो लयमा रहेको बार्सिलोनाले ४८ औं मिनेटमा लेवान्डोस्कीको गोल मार्फत अग्रता ३–० मा पुर्‍यायो ।

जीतसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलमा बार्सिलोनाको १६ अंक भएको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १५ अंक छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker