५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
शुक्रबार पनि सेयर बजार घटेर राताम्मे ! - Aksha Rekha
अर्थतन्त्र

शुक्रबार पनि सेयर बजार घटेर राताम्मे !

काठमाडौँ । शेयर बजार आज शुक्रवार पनि घटेर राताम्मे भएको छ । हिजो बिहीवार ५७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार कित्ता शेयर ९० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डकाे शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker