५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
धुनषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते - Aksha Rekha
सुरक्षा/अपराध

धुनषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाए ।

पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker