५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
‘वाइल्डलाइफ फोटोग्राफर अफदएर २०२०’ बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरलाई - Aksha Rekha
बिचित्र

‘वाइल्डलाइफ फोटोग्राफर अफदएर २०२०’ बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरलाई

एजेन्सी । बघिनीले रूखलाई अँगाल्दै बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ ।

साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने फोटोग्राफरले पुरस्कार पाएका हुन्। यो तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभ हुन् ।

उक्त तस्बिरको लागि उनले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०’ पाएका छन् । लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो।

सर्जेले बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर सजिलै भने लिएका थिएनन् । उनलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको द गार्जियनले जनाएको छ । यसको मतलब उनी ११ महिनासम्म त्यही ठाउँमा बसिरहेका भने होइनन् । उनले सो ठाउँमा आफ्नो क्यामेरा सेटअप गरी छाडेका थिए । स्वचालित ट्रयापिङ्ग क्यामेराबाट सो तस्बीर खिचिएको थियो ।

बाघ तथा अन्य जनावरहरू आएपछि आफैैं खिच्ने गरी सेटिङ मिलाएका थिए । जसबाट उनले एक उत्कृष्ट तस्बिर पाउन सफल भए ।

यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो । तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो । यस्ता खालका बाघ केही संख्या चिनियाँ बोर्डर र उत्तर कोरियाली क्षेत्रमा पनि पाइन्छ ।

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker